Main News

नेपालमा फेरि मनसुन सक्रिय हुने, सतर्कता अपाउन सुझाव

हिमालय टिभी
२०७७ साउन २४ गते ९:११
नेपालमा फेरि मनसुन सक्रिय हुने, सतर्कता अपाउन सुझाव

२४ साउन, २०७७ काठमाडौं । आज रातिदेखि न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने भएकाले नेपालमा फेरि केही दिन मनसुन सक्रिय हुने भएको छ ।

आज रातिबाट मनसुन सक्रिय हुने देखिएकाले दुई–तीन दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने छ । केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै साउन २४ गते रातिबाट तीन दिनसम्म नेपालमा मनसुन सक्रिय भै देशका धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरुमा भारी वर्षासमेत हुने सम्भावना रहेको जनाएको छ । महाशाखाले आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।

हाल मनसुन न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेको छ । मौसमविद शान्ति कँडेलका अनुसार मनसुनी रेखा नेपालमाथि आइपुगेमा देशभर मनसुनी प्रभाव पर्ने छ । तर, लगातार झरी परिरहने सम्भावना भने छैन ।

आज बिहान प्रदेश नं। २ मा र प्रदेश नं। ५ का केही भू–भागहरुमा आंशिक बदली भएको छ भने बाँकी भागहरुमा समान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं। ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो र साँझ प्रदेश नं। १, प्रदेश नं। २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत हुनसक्ने सम्भावना छ ।

ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *