Main News

रुपन्देहीमा भएको कार दुर्घटनामा तीन जनाको मृत्यु, एक जना घाइते

हिमालय टिभी
२०७७ साउन २४ गते ९:०८
रुपन्देहीमा भएको कार दुर्घटनामा तीन जनाको मृत्यु, एक जना घाइते

२४ साउन, २०७७, रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकामा कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । एक जना गम्भिर घाइते भएका छन ।

हुलाकी सडक खण्डमा परासीबाट भैरहवातर्फ जाँदै गरेको लु २ च ६७५६ नम्बरको कार छिपागडमा अनियन्त्रित भई सडकबाट १० मिटर तल पल्टिँदा कारमा सवार ३ जनाको उपचारको क्रममा मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

रुपन्देहीको ओमसतिया गाउँपालिक बालापुर बस्ने २६ बर्षका देवेन्द्र चौधरी र परिचय नखुलेका २ जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो ।

यस्तै रुपन्देहीको शिद्धार्थननगर गाउँपालिका वडा नम्बर ४ बस्ने ३० बर्षका अनिल यादव गम्भिर घाइते हुनुभएको छ । उहाँको भिम अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *