Main News

कोरोना संक्रमित बढेसँगै विभिन्न १८ जिल्लामा निषेधाज्ञा जारी

हिमालय टिभी
२०७७ साउन २४ गते ८:०५
कोरोना संक्रमित बढेसँगै विभिन्न १८ जिल्लामा निषेधाज्ञा जारी

२४ साउन, २०७७ काठमाडौं । कोरोना संंक्रमण बढ्दै गएपछि १८ जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञामार्फत आवातजावतमा रोक लगाएको छ । निषेधाज्ञा लगाउने जिल्लाको संख्या हरेक दिन बढिरहेका छन् ।

नौ जिल्लामा जिल्लाभरि नै निषेधाज्ञा लागू गरिएको छ । गृह मन्त्रालयका अनुसार पर्सा, बारा, नुवाकोट, सप्तरी, बाँके, सुनसरी, सर्लाही, स्याङ्जा र बर्दियामा जिल्लाभरि नै निषेधाज्ञा लगाइएको छ ।

त्यस्तै, धनुषा, महोत्तरी, सिराहा, जुम्ला, बझाङ, मोरङ, दार्चुला, झापा र कञ्चनपुरमा आंशिक रूपमा निषेधाज्ञा लगाइएको छ । कतिपय जिल्लामा स्थानीय प्रशासनभन्दा स्थानीय तहले लकडाउन गरेको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिनुभयो ।

लकडाउन खुलाएपछि सरकारले संक्रमण फैलिएका क्षेत्रमा निषेधाज्ञा तथा कर्फ्यु लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । सोहीअनुसार धेरै संक्रमित भएका जिल्लाहरूले निषेधाज्ञा जारी गरेका छन् ।

काठमाडौं जिल्ला प्रशासनले भने अझै विश्लेषणकै चरणमा रहेको र सर्वसाधारणले सरकारको निर्देशन नमाने निषेधाज्ञामा जान बाध्य हुने बताएको छ ।

यसैबीच कोरोना नियन्त्रणमा सचेतना अपनाए–नपनाएको विषयमा भोलीदेखि उपत्यकामा निजी कार्यालयमा अनुगमन हुने भएको छ ।

सरकारले तोकेको मापदण्ड पूरा गरे–नगरेको हेर्न अनुगमन सुरु गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *