Main News

वैदेशिक रोजगारीमा अलपत्र करिब ४५ हजार नेपाली कामदार स्वदेश फर्किए

हिमालय टिभी
२०७७ साउन २४ गते ८:०१
वैदेशिक रोजगारीमा अलपत्र करिब ४५ हजार नेपाली कामदार स्वदेश फर्किए

२४ साउन, २०७७, काठमाडौं । वैदेशिक रोजगारीमा अलपत्र परेका झण्डै ४५ हजार कामदार स्वदेश फर्किएका छन्।

कोभिड १९ क्राइसीस म्यानेजमेन्ट सेन्टरका अनुसार हिजोसम्म ४४ हजार सात सय ९९ जना स्वदेश फर्किएका छन्। मलेसिया, खाडीलगायत ३० देशमा समस्यामा परेका कामदार स्वदेश फर्केका हुन् ।

सरकारले गत जेठ अन्तिम सातादेखि सरकारले चार्टर्ड उडानबाट कामदारकै पैसामा विदेशमा समस्यामा परेका नेपाली स्वदेश फर्काएको हो। फर्केका ७५ प्रतिशतभन्दा बढी वैदेशिक रोजगारीमा रहेका कामदार छन्।

सेन्टरका अनुसार युएईबाट १२ हजार २५, साउदी अरबबाट ६ हजार ५ सय ८२, कुवेतबाट ६ हजार ३ सय २९ जना र मलेसियाबाट ६ हजार चार सय ६४ जना स्वदेश फर्किएका छन्।

कतारबाट ५ हजार दुई सय ४१, जापानबाट एक हजार २३, बहराइनबाट ९ सय ८०, माल्दिभ्सबाट सात सय नौ, बंगलादेशबाट ८ सय ४१, अष्ट्रेलियाबाट ७ सय ९५, ओमानबाट ४ सय ९२ स्वदेश फर्किएका छन्।

अमेरिकाबाट ४ सय २३, बेलायतबाट २ सय २९, इजरायलबाट एक सय २७, चीनबाट २ सय ८, टर्कीबाट एक सय १०, फिलिपिन्सबाट दुई सय एक, थाइल्यान्डबाट तीन सय २६, दक्षिण कोरियाबाट ७ सय २०, सिंगापुरबाट २ सय ९२, दक्षिण सुडानबाट दुई सय ५० जना स्वदेश फर्किएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *