Main News

कोरोना संक्रमण रोक्न के गर्ने रु यस्तो छ विज्ञको सुझाव (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २३ गते २०:०७
कोरोना संक्रमण रोक्न के गर्ने रु यस्तो छ विज्ञको सुझाव (भिडियोसहित)

२३ साउन, २०७७ काठमाडौं । कोरोना संक्रमण नियन्त्रणमा राम्रो काम गरिरहेको दावी गर्ने सरकारले पछिल्ला दिनमा स्थिती नियन्त्रण बाहिर जान सक्ने भन्दै नागरिकलाई चेतावनी दिइरहेको छ । अहिले भएका आइसियू र भेन्टिलेटरको संख्या कम रहेकाले संक्रमित बढ्दै जाँदा उपचार नै गर्न नसकिने भन्दै सरकार लाचार बन्न थालेको छ । यस्तो अवस्थामा विज्ञको सुझाव चाहीँ के छ त ?

सरकारले कोरोना संक्रमणको स्थिति नियन्त्रण बाहिर गइरहेको भन्दै कडाई गर्न थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब अपनाउने उपायका बारेमा विज्ञसँग छलफल पनि गर्नुभएको छ । तर सरकारले के गर्ने भन्नेमा अलमलमा छ । स्वास्थ्य मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोना संक्रमणको गति खतरनाक बन्दै गइरहेको चेतावनी दिइरहनुभएको छ ।

तर विज्ञ भने अहिलेसम्मको स्थिति हेर्दा केही नबिग्रिएको दावी गर्छन् । तर काम गर्ने तरिका भने फेर्नुपर्छ, किनकी सबै ठाउँमा संक्रमण फैलिएको छैन । केही ठाउँमा मात्र संक्रमण उच्च छ । त्यसैले संक्रमित र जोखिममा रहेका ठाउँ बर्गिकरण गरेर काम गर्न विज्ञको सुझाव छ ।

साउन पहिलो हप्ता लकडाउन औपचारिक रुपमा अन्त्य गर्दा सरकारले भदौ १ गतेदेखि लामोदुरीको यातायात र आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भनेको थियो । त्यसैले त्यो निर्णय कार्यान्वयनमा भने सोच्न विज्ञको सुझाव छ । लामो दुरीका गाडी र हवाई उडान शुरु भएमा कोरोना संक्रमण झनै बढ्ने र व्यवथापन गर्न नै नसक्ने विज्ञहरुको चेतावनी छ ।

नेपालका एक जना संक्रमित व्यक्तिले १ सय २५ जनासम्मलाइ कोरोना सारेको तथ्यांक छ । तर कतिपय संक्रमितले भने कसैलाई पनि सारेका छैनन् । औषतमा हेर्ने हो भने एक जना संक्रमितबाट १२ जनामा सरेको पाइएको छ । पछिल्लो पटक समूहमा बस्ने सुरक्षाकर्मी नै संक्रमित पनि भए । त्यसैले कोरोना संक्रमण बढ्न नदिन समुहमा बस्ने व्यक्तिको व्यवस्थापन सबैभन्दा महत्वपूर्ण हुनेछ ।

देश कोरोना कहरमा छ । तर सरकारको नेतृत्व गरेको दल नेकपा आन्तरिक किचलोमा छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई दल भित्रैबाट आएको राजीनामाको दबाब थेगेर साध्य छैन । त्यसैले प्रधानमन्त्री ओलीको प्राथमिकता मुलुकको समस्यासँग जुध्ने भन्दा कुर्सी सुरक्षित गर्ने तर्फ छ ।

कोरोना महामारीको उचित व्यवस्थापन गर भन्दै सरकारलाई दबाब दिने युवाको मागसमेत सरकारले सुन्न चाहेको छैन । यो बेला राजनीतिक खिचातानी छाडेर सरकार, प्रतिपक्ष, नागरिक सबैजना एक ढिक्का भएर लाग्ने हो भने कोरोनाले पार्ने प्रभावबाट जोगिन सकिन्छ । त्यसका लागि कसले कहाँ कहाँ कमजोरी गरेका छन, त्यसमा आफै म म भनेर आत्मसमीक्षाका साथ अघि बढ्नु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *