Main News

अस्पतालमा नमूना दिन जाँदा कोरोना संक्रमणको जोखिम (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २३ गते २०:००
अस्पतालमा नमूना दिन जाँदा कोरोना संक्रमणको जोखिम (भिडियोसहित)

२३ साउन, २०७७ काठमाडौं । सरकारले पीसीआर परीक्षणका लागि सरकारी र निजी अस्पताललाई पनि अनुमति दिएको छ । यसरी अनुमति पाउने अस्पतालले आफैंले स्वाब संकलन गर्ने परीक्षण गर्ने र रिपोर्ट दिने गरिरहेका छन् ।

र, सरकारीमा यो सेवा सशुल्क र निशुल्क दुवै छ भने निजी अस्पतालले शुल्क लिएर मात्र कोरोना परीक्षण गर्दै आएका छन् । यसले कोरोना परीक्षण गराउन चाहनेलाई केही सजिलो भएको छ । तर स्वाब संकलन गर्ने अस्पतालमा प्रयाप्त सावधानी नअपनाउँदा परीक्षण गराउने बेलामा नै संक्रमित हुने जोखिम देखिएको छ ।

वीर अस्पताल मात्रै होइन, दैनिक आठ सय भन्दा बढी स्वाव संकलन हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा यो भन्दा लामो लस्कर छ । नमूना दिनेको यहाँ सडकसम्मै लाइन देखिन्छ ।

यो हो काठमाडौंको वीर अस्पताल, अनि यो कोरोना परीक्षण गराउन चाहनेको लाइन। यहाँ दैनिक सय जना भन्दा धेरै कोरोना परीक्षणका लागि आउँछन् र यसरी लाइन लागेर नमूना दिन्छन् ।

वीर अस्पताल मात्रै होइन, दैनिक आठ सय भन्दा बढी स्वाव संकलन हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा यो भन्दा लामो लस्कर छ । नमूना दिनेको यहाँ सडकसम्मै लाइन देखिन्छ ।

वीर अस्पताल होस् वा टेकुमै किन नहोस् । नमूना लिने व्यक्ति सुरक्षित बुथ भित्र छन् । प्वालबाट हात छिराएर नमूना संकलन गर्छन् । जुन सुरक्षित नै छ ।

तर नमूना दिन चाहने व्यक्ति पुरै जोखिममा छन । यहाँ न त सामाजिक दुरी कायम गरिएको छ । न त स्वाब दिन आउनेले मास्क बाहेकका अरु सावधानी नै अपनाएका छन् । बुढाबुढी केटाकेटी गर्भवती सबै यो लाइनमा छन् ।

यो लाइनमा हुने कुनै एक जना व्यक्ति संक्रमित भएमा उसले अरुलाई पनि कोरोना सार्ने जोखिम धेरै छ । अझ भनौँ एक जना निरोगी व्यक्ति कोरोना जाँच गराउन बसेको लाइनमै संक्रमित हुने जोखिम छ । तर यो जोखिम कम गर्न कसैको ध्यान पुगेको छैन ।

यहाँ यसैगरी नमूना दिने कतिपयमा कोरोना संक्रमण पुष्टि भएको छ । तर उनीहरु स्वाब दिन कहाँदेखि कसरी आएका हुन्, कसकसलाई भेटेका छन् । त्यसको विवरण कसैसँग छैन । सरकारले स्वाव दिएपछि होम क्वारन्टिनमा बस्न अनुरोध गरेपनि, उनीहरु होम क्वारन्टिनमा बसेका छन् वा छैनन् भन्ने पनि अनुगमन गरिँदैन । जसले जोखिम बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *