Main News

वीरगञ्जमा एकैपटक थप १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ साउन २३ गते १२:२५
वीरगञ्जमा एकैपटक थप १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि

२३ साउन, २०७७ पर्सा । वीरगन्जस्थित नारायणी अस्पतालले गरेको पछिल्लो पीसीआर परीक्षणमा थप एक सय ४१ जनामा कोरोना संक्रमण देखिएको छ ।

पर्सामा यो अहिलेसम्मै सर्वाधिक संक्रमित संख्या हो । १४१ जना संक्रमितहरुमध्ये सबैभन्दा धेरै जिल्ला प्रहरी कार्यालय पर्साको थुनुवा कक्षमा फेला परेका छन् ।

एक जना प्रहरीसहित ४३ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै तराई हस्पिटलका १ जना, पशु अस्पतालका १ जना, नेपाली सेनाका ५, कारागारका २, नेशनल मेडिकल कलेजका १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

नयाँ थपिने संक्रमितहरुमा बारा जिल्लाका ४ र रौतहटका ४ जना रहेका छन् । नयाँ थपिने संक्रमितमा २१ जना महिला छन् भने १२० जना पुरुष रहेका छन् ।

नयाँ संक्रमितहरु वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका रहेका छन् । सबैभन्दा धेरै खल्वाटोला श्रीसियाका २२ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *