Main News

लकडाउन खुलेसँगै लुकीछिपी नेपाल–भारत ओहोरदोहोर गर्ने बढे

हिमालय टिभी
२०७७ साउन २३ गते ८:००
लकडाउन खुलेसँगै लुकीछिपी नेपाल–भारत ओहोरदोहोर गर्ने बढे

२३ साउन, २०७७ काठमाडौं । लकडाउन खुलेसँगै चोर बाटोबाट नेपाल–भारत ओहोरदोहोर गर्नेको संख्या बढेको छ ।

यो ओहोरदोहोरले नेपालका सीमावर्ती स्थानीय तहमा समुदाय स्तरमै कोरोनाको सङ्क्रमणको दर बढेको छ ।

साउनको सुरुदेखि विराटनगर महानगरपालिका, रङ्गेली नगरपालिकामा कोरोनाको सङ्क्रमणको दर अप्रत्याशित रुपमा बढेको छ ।

खासगरी महामारी फैलिएको बेलामा पनि आफन्त भेटघाट गर्न आवतजावत गर्ने र लुकिछिपी तस्करी गर्नेबाट नेपालतर्फका सीमावर्ती बस्तीहरुमा कोरोनाको सङ्क्रमण फैलिन सुरु भएको सुनसरीको हरिनगर गाउँपालिकाका लुकमान अन्सारीले बताउनुभयो ।

अझै पनि सीमा क्षेत्रबाट ओहोरदोहोर नरोकिएको र सहज रुपमै आउने जाने क्रम चलिरहेका स्थानीयले बताएका छन् ।

सुनसरीका एक दर्जनभन्दा बढी नाका र मोरङको विभिन्न स्थानबाट अहिले पनि नेपाल भारतको आवतजावत रोकिएको छैन ।

नेपाल भारत बीचको खुल्ला सीमाना र बस्ती जोडिएका कारण सर्वसाधारण लगायत तस्करी गर्नेहरुको पनि सहजै आउजाउ हुने गरेको सुनसरीको देवानगञ्जका स्थानीय सज्जाद मियाँले बताउनुभयो ।

त्यस्तै, नेपालमा धानका लागि आवश्यक मलखादको व्यवस्था नहुँदा पनि किसान सीमापारि भारतीय बजारबाटै रासायनिक मल ल्याउन बाध्य भएको सुनवर्षी–८, सिक्टीका वडाध्यक्ष नुरुल मियाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *