Main News

पर्सामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ६७ पुग्यो

हिमालय टिभी
२०७७ साउन २३ गते ७:५०
पर्सामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ६७ पुग्यो

२३ साउन, काठमाडौं । समुदायस्तरमा संक्रमण फैलिएको मानिएको पर्सामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ ।

साउन २० गते राति आफ्नै घरमा मृत्यु भएका वीरगञ्ज ११ मुर्लीका ८० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो । मृत्युपछि नारायणी अस्पतालको प्रयोगशालाबाट गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा‍। मदन उपाध्यायले जानकारी दिनुभयो ।

यस्तै बिहीबार बिहान वीरगञ्ज स्थित अस्थायी कोभिड अस्पताल गण्डकमा उपचारका क्रममा मृत्यु भएका अर्का एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगन्ज १० आदर्शनगरका ५६ वर्षीय पुरुषमा हिजो साँझ संक्रमण पुष्टि भएको हो । उनको बिहान ८ बजे मृत्यु भएको थियो । मधुमेह र मुटुरोगबाट ग्रसित उनलाई श्वासप्रश्वासको समस्या देखिएपछि कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा बुधबार राति १० बजेपछि स्वास्थ्य अवस्था विग्रिएपछि भेन्टिलेटरमा राखिएको थियो । बिहीबार बिहान साढे ८ बजे उनको मृत्यु भएको र साँझ कोभिड संक्रमण पुष्टि भएको कोभिड अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभयो ।

यसअघि पर्साको वीरगञ्ज महानगरपालिका–९ माईस्थानका एक पुरूषको कोरोना संक्रमणबाट पाटन अस्पतालमा र ओम अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएकी धनुषाको मिथिला नगरपालिका–१० लालगढकी ७२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको थियो । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *