Main News

नेकपा अध्यक्ष प्रचण्ड निवासमा कार्यरत ६ प्रहरीमा कोरोना संक्रमण, प्रचण्ड परिवारको रिपोर्ट नेगेटिभ

हिमालय टिभी
२०७७ साउन २२ गते १७:२८
नेकपा अध्यक्ष प्रचण्ड निवासमा कार्यरत ६ प्रहरीमा कोरोना संक्रमण, प्रचण्ड परिवारको रिपोर्ट नेगेटिभ

२२ साउन, २०७७ काठमाडौं । पूर्व प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिएका ६ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

प्रचण्डको परिवार, सचिवालय र सुरक्षाकर्मी सबैको हिजो स्वाब संकलन गरेर परिक्षण गरिएकोमा ६ जना प्रहरीमा कोरोना संक्रमण देखिएको हो । निवासको सुरक्षार्थ व्यारेकमा बसेका प्रहरीमा संक्रमण देखिएको र अरु सबैको रिपोर्ट नेगेटिभ आएको प्रचण्डको सचिवालयले जनाएको छ ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित परिवारका सदस्य एवं सचिवालयका सदस्यको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

अध्यक्ष दाहाललगायत परिवारका सम्पूर्ण सदस्य, सुरक्षाकर्मी र सचिवालयका सदस्यमा कोरोना परीक्षण गर्दा अध्यक्षको बाहिरी सुरक्षा घेरामा खटिएका छ सुरक्षाकर्मीमा मात्र सङ्क्रमण पुष्टि भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

बाहिरी घेरामा खटिने छ सुरक्षाकर्मीबाहेक अन्यको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको अध्यक्ष दाहालका निजी सचिव गङ्गा दाहालले जानकारी दिनुभयो ।

कुपण्डोलमा रहेको बिध म्यानेजमेन्ट प्रालिद्वारा सञ्चालित कोभिड ल्याबमा अध्यक्ष दाहाल, परिवार, सचिवालयका सदस्य र सुरक्षाकर्मीलगायत ५३ जनाको कोरोना परीक्षण गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *