Main News
पश्चिमका ६ जिल्लाका केही स्थानमा मध्यमदेखि भारीसम्म वर्षा हुने
२०७७ साउन २२ गते ९:१५
२२ साउन, २०७७ काठमाडौं । पश्चिमका ६ जिल्लाका केही स्थानमा मध्यमदेखि भारीसम्म वर्षा भइरहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
विभागका अनुसार कालीकोट, दैलेख, जाजरकोट, अछाम, डोटी र कैलालीका केही स्थानमा पछिल्लो तीन घण्टा मध्यमदेखि भारीसम्म वर्षा भइरहेको विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्थानीय नदी तथा खोलामा बाढी आउने तथा भिरालो जमिनमा पहिरो जाने जोखिम देखिएको भन्दै विभागले ‘अलर्ट’ जारी गरेको छ ।
प्रतिक्रिया