राजनीति

‘आफूले भेला गरेर ओलीले अरुलाई जिम्मेवार भन्न मिल्छ ?’

हिमालय टिभी
२०७७ साउन २१ गते २१:०६
‘आफूले भेला गरेर ओलीले अरुलाई जिम्मेवार भन्न मिल्छ ?’

२१ साउन, २०७७ काठमाडौं । स्थायी कमिटी बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको दुवै पदबाट राजीनामा माग भएपछि सुरु भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद डेढ महिना भइसक्दा पनि समाधान हुन सकेको छैन ।

बैठक नै स्थगित गरेर स्थायी कमिटी सदस्यहरुले विवाद समाधानको जिम्मा दुई अध्यक्ष ‌ओली र पुष्पकमल दाहाल प्रचण्डलाई दिएपनि समाधानको साटो विवाद थपिँदै गएका छन् । स्थायी कमिटीलाई बाइपास गरेर सचिवालयको बैठक बस्न तयार भएका अध्यक्ष ओ‌लीले मंगलबार आफू विरोधी नेताहरुलाई गैरजिम्मेवार र स्वार्थलिप्त भनेपछि थप विवाद बढेको छ ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीका अनुसार अहिले केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक बसौं भन्नेहरु देश र जनताप्रति जिम्मेवार छैनन । उनीहरु स्वार्थमा केन्द्रीत छन । ओलीले कोरोनाका कारण बैठक बस्न नमिल्ने र संकटमा जिम्मेवार हुनुपर्छ भने पनि प्रचण्ड–नेपाल पक्ष त्यसलाई स्वीकार्न तयार छैन ।

किनकी ओलीले यसो भनेको कोरोनाकै कारण होइन । त्यस्तो हो भने ओली पक्षका ठूल्ठूला बैठक र भेला किन भए त भन्ने यो समूहको प्रश्न छ । आफूहरु होईन ओलीनै गैरजिम्मेवार बनेको केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्नेहरुको मत छ ।

केन्द्रीय कमिटी बैठक माग गर्दै १ सय ५२ केन्द्रीय सदस्यले पार्टी केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाएका छन । र, विधान अनुसार एक चौथाई केन्द्रीय सदस्यले बैठक मागेपछि ३० दिन भित्र बोलाउनुपर्छ । तर ओलीले कोरोनाको कारण देखाएर बैठक नबोलाउने प्रष्ट सन्देश दिईसक्नुभएको छ ।

यो समस्याको समाधान खोज्ने भन्दा भाग्ने उपाय हो भन्ने प्रचण्ड नेपाल समूहका केन्द्रीय सदस्यको बुझाई छ । बैठक बस्ने अनेक उपाय देखेका छन, उनीहरुले त्यसैले ओलीलाई उनीहरुको प्रश्न छ, त्यसरी बैठक बस्न सकिन्न ?

नेकपा भित्रको विवाद अहिले न मिल्न सक्ने न छुट्टिन सक्ने अवस्थामा छ । र, यस्तो अवस्थामा आएको ओलीको अभिव्यक्ति र बैठक माग्ने नेताहरुको प्रतिक्रियाले नेकपा भित्रको विवाद झन पेचिलो बन्दै गएको छ । किनकी बैठकनै बस्न नसक्ने अवस्थामा नेकपा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्