Main News

कोरोनाविरुद्धको लडाइँ: प्लाज्मा थेरापीबाट झिनो आशा (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २१ गते १९:५१
कोरोनाविरुद्धको लडाइँ: प्लाज्मा थेरापीबाट झिनो आशा (भिडियोसहित)

२१ साउन, २०७७ काठमाडौं । कोरोना भाइरस संक्रमणबाट सिकिस्त विराटनगरका एक जना डाक्टरको कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट उपचार गरियो र उपचार सफल पनि भयो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उनको उपचार सफल भएसँगै अब कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्नेबारे बहस चुलिएको छ ।

कोभिड नाइन्टिन अर्थात् कोरोना भाइरससँग विश्व नै जुधिरहेको छ । तर यसको कुनै ओखती र खोप अहिलेसम्म पत्ता लागेको छैन । त्यसैले कोरोना भाइरसलाई जित्न विभिन्न उपचार पद्धति अपनाइँदैछ । विज्ञहरुले प्रयोग गरिरहेका त्यस्तै पद्धतिमध्येको एक हो कन्भलेसेन्ट प्लाज्मा थेरापी । अहिले यो विधिबाट उपचारका लागि अनुसन्धान भैरहेको छ ।

प्लाज्मा रगतमा हुने एक किसिमको तरल पदार्थ हो । प्लाज्माले शरीरलाइ चाहिने भागमा प्रोटिन पुर्‍याउँछ । र रोगसँग लड्ने क्षमता बढाउँछ । कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट उपचार गर्दा कोरोना संक्रमण निको भइसकेका व्यक्तिको रगत प्रयोग गरिन्छ ।

प्लाज्मा रगतमा हुने एक किसिमको तरल पदार्थ हो । प्लाज्माले शरीरलाइ चाहिने भागमा प्रोटिन पुर्‍याउँछ । र रोगसँग लड्ने क्षमता बढाउँछ । कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट उपचार गर्दा कोरोना संक्रमण निको भइसकेका व्यक्तिको रगत प्रयोग गरिन्छ ।

त्यो रगतबाट प्लाज्मा निकालेर कोरोना संक्रमणबाट सिकिस्त विरामीलाई दिइन्छ । यो रक्तदान जस्तै हो । यो उपचार पद्धति सस्तो नै मानिएको छ । एक पटक प्लाज्मा चढाएको पाँच सय रुपैयाँ देखि १ हजार ५ सय रुपैयाँसम्म पर्छ । त्यसैले नेपाल जस्तो देशका लागि यो प्रभावकारी हुने चिकित्सक बताउँछन् ।

मापदण्ड अनुसार पहिलो पीसीआर रिपोर्ट पोजेटिभ र पछिल्लो दुई पटकको रिपोर्ट नेगेटिभ आएका, लक्षणविहीन भएको १४ दिन पुगेका व्यक्तिले प्लाज्मा दिन सक्छन् । कोरोना संक्रमणबाट कुनै लक्षण नदेखिएका र विरामी नपरेका व्यक्तिको उपचार नै गर्नु पर्दैन । त्यसैले कोरोना संक्रमित सिकिस्त विरामीलाई प्लाज्मा थेरापीबाट उपचार गरिन्छ ।

सरकारले नेपालमा कोरोना भाइरसको संक्रमण बढेर मानिस विरामी पर्न थालेसँगै प्लाज्मा थेरापीको मापदण्ड बनाउन सुरु गरेको थियो । र यो पद्धतिबाट एक जनाको उपचार गरेर सफलता पाएपछि नेपालजस्तो थोरै स्रोत साधन भएको देशमा प्लाज्मा थेरापीले आशा जगाएको छ । तर यसबाट संक्रमित सतप्रतिशत निको हुने, नहुने भने परीक्षण भैरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *