Main News

विराटनगरकी ९० वर्षीया वृद्धा कोरोनालाई पराजित गर्न सफल

हिमालय टिभी
२०७७ साउन २१ गते १७:१७
विराटनगरकी ९० वर्षीया वृद्धा कोरोनालाई पराजित गर्न सफल

२१ साउन, २०७७, मोरङ । विराटनगरकी ९० वर्षीया वृद्धा कोरोना भाइरस संक्रमण मुक्त भएर अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि साउन १० गते विराटनगरस्थित कोशी कोभिड नाइन्टिन उपचार केन्द्रमा भर्ना भएकी विराटनगर महानगरपालिका ६ की ९० वर्षीया मधुदेवी भट्टराई आज डिस्चार्ज हुनुभएको हो ।

भट्टराई, उहाँका परिवारका अन्य सदस्यसहित १ जना डिस्चार्ज भएका हुन् । मोरङका ११, इलामका ६, झापा, उदयपुर, सुनसरी र तेह्रथुमका एक–एक जना उपचार केन्द्रबाट डिस्चार्ज भए ।

डिस्चार्ज हुने सबैलाई विदाइ गर्दै सामाजिक विकासमन्त्री जिवन घिमिरेले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि तिन तहकै सरकारले भरपुर प्रयास गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *