Main News
कोरोना संक्रमित बढेपछि आजदेखि इटहरी उपमहानगरपालिकामा पनि लकडाउन
२०७७ साउन २१ गते ७:३३

२१ साउन, २०७७, सुनसरी । कोरोना संक्रमितको संख्या बढेपछि इटहरी उपमहानगरपालिकाले आजदेखि लकडाउन गर्ने निर्णय गरेको छ ।
आजदेखि लागू हुने गरी उपमहानगरपालिकाले ५ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको हो । केही दिनयता इटहरी उपमहानगरपालिकाका एक इन्जिनियरमा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै परीक्षणको दायरालाई तीब्रता दिईइको थियो ।
साउन १५ गते यता मात्रै ३ सय ५२ जनाको स्वाब संकलन गरिएको र तीमध्ये मंगलबार मात्रै ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि लकडाउन गर्ने निर्णय गरिएको इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले जानकारी दिनुभयो ।
प्रतिक्रिया