Main News

प्रमुख कार्यकारी अधिकृत पदका लागि १२ जनाको आवेदन

हिमालय टिभी
२०७७ साउन २० गते १९:३०
प्रमुख कार्यकारी अधिकृत पदका लागि १२ जनाको आवेदन

२० साउन, २०७७ काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि १२ जनाको आवेदन परेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत असार १७ गते प्रमुख कार्यकारी अधिकृत पदका लागि मागेको आवेदनमा १२ जनाको आवेदन परेको हो ।

यसअघिका महानिर्देशक योगेन्द्र गौचनसहित दिनेश कुमार यादव, अतुल उपाध्याय र टेकबहादुर बमले निवेदन दिनुभएको छ । रघुराज काफ्ले, अभिषेककुमार ठाकुर, रामदेव यादव र अनिल कुमार झा विनोदकुमार जोशी, डोलिन्द्रप्रसाद शर्मा, नेपालभुषण वैद्य र मोहन प्रकाश चन्दको पनि आवेदन परेको छ ।

भदौ २६ देखि २९ गतेसम्म आवेदकको व्यवसायिक कार्ययोजना प्रस्तुतीको अध्ययन गरिनेछ । सिफारिस समितिले सिफारिस गरेका तीन मध्ये एक जनालाई नियुक्त गरिनेछ । लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदको पदावधि ३ वर्ष हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *