हिमालय रोडिज सिजन थ्रीका विजेतालाई १० लाख पुरस्कार प्रदान
२० साउन, २०७७ काठमाडौं । हिमालय रोडिज सिजन थ्रीका विजेता सुजन सुवेदीलाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।
काठमाडौंमा एक समारोहकाबीच हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुषाल, कार्यकारी निर्देशक श्याम कँडेललगायतले सुवेदीलाई पुरस्कार प्रदान गर्नुभयो । नगद १० लाखसहित सुवेदीले एक थान यामाहा मोटर साइकल पनि प्राप्त गर्नुभयो ।
पुरस्कार वितरण समारोहमा हिमालय टेलिभिजनका कार्यकारी निर्देशक कँडेलले कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । आगामी संस्करण अझै उत्कृष्ट हुने पनि उहाँले विश्वास दिलाउनुभयो ।
गत मंसिर ३० देखि शुरु भएको हिमालय रोडिज कोरोना संक्रमणका कारण १५ औं श्रृङखलापछि रोकिएको थियो । तर लकडाउन खुलेपछि प्रसारण शुर भएको रोडिजको हिजो १८ औं एपिसोडमा बिजेता छानिएको हो ।
काठमाडौंका दिवस श्रेष्ठलाई हराउँदै सुवेदीले उपाधि जित्नुभएको हो । विजेता सुवेदी ग्याङ्ग ग्रिन अन्तर्गत लाउरे र प्रतिस्पर्धी श्रेष्ठ सिजन वानका विजेता समन श्रेष्ठको टिममा हुनुहुन्थ्यो । सिजन थ्रीको को टाइटल स्पोन्सर यामाहा मोटरसाइकल, पावर्ड बाई स्पोन्सरमा प्रभु मोबाइल टीभी थियो ।
यस्तै नेपाल टुरिजम बोर्ड, ओयो होटल्स, स्टार हस्पिटललगायतका ब्राण्डको समेत यसमा सहभागिता थियो ।
प्रतिक्रिया