Main News

प्रधानमन्त्री निवासमा लकडाउनदेखि कर्फ्युसम्मको छलफल, विज्ञले दिए यस्तो सुझाव (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन २० गते १८:२५
प्रधानमन्त्री निवासमा लकडाउनदेखि कर्फ्युसम्मको छलफल, विज्ञले दिए यस्तो सुझाव (भिडियोसहित)

२० साउन, २०७७ काठमाडौं । जनस्वास्थ्य विज्ञहरुले कोरोना संक्रमण नियन्त्रण गर्नका लागि सरकारलाई फेरि लकडाउन गर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले दुई हप्ता लकडाउन गर्नेदेखि कर्फ्यू लगाउनुपर्नेसम्मका सुझाव दिएका छन।

छलफलमा सहभागी जनस्वास्थ्यहरुले विज्ञ डाक्टर रवीन्द्र पाण्डेले समुदायस्तरमै संक्रमण फैलिने दर बढेकाले १५ दिन कडा खालको लकडाउन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको जानकारी दिनुभयो ।

केही विज्ञले भने लक डाउन मात्रै महामारी नियन्त्रणको एकमात्रै उपाय नभएकाले संक्रमण देखिएका निश्चित ठाउँ सिलबन्दी गरी सीमा नाकामा कडाई गर्न सुझाव दिएका छन् ।

अर्का जनस्वास्थ्यविज्ञ डा। समिरमणि दीक्षितले लक डाउन गरेर कोरोना पूर्ण रुपमा नियन्त्रणमा नआउने भएकाले बढी संक्रमण फैलिएको क्षेत्रमा कडाई गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएको जानकारी दिनुभयो ।

छलफलमा कतिपयले लकडाउनले पनि नपुग्ने भन्दै कर्फ्यु नै लगाएर कोरोना संक्रमण नियन्त्रणको प्रयास थाल्न सुझाएका छन । कोरोना संक्रमण बढ्दै गएपछि प्रधानमन्त्री ओलीले नियन्त्रणका उपायबारे जनस्वास्थ्य विज्ञसँग परामर्श गर्नुभएको हो ।

प्रतिक्रिया

One thought on “प्रधानमन्त्री निवासमा लकडाउनदेखि कर्फ्युसम्मको छलफल, विज्ञले दिए यस्तो सुझाव (भिडियोसहित)

  1. garnai ho bhane sunday dekhi garda hunx.. janta haru ko pani sochnu paryo goverment le…esto achkalto ma lockdown garera k hunx

Leave a Reply to shailee shrestha Cancel reply

Your email address will not be published. Required fields are marked *