Main News

नेपालमा २५९ जना कोरोना संक्रमित थपिए, ६५ जना डिस्चार्ज

हिमालय टिभी
२०७७ साउन २० गते १६:३५
नेपालमा २५९ जना कोरोना संक्रमित थपिए, ६५ जना डिस्चार्ज

२० साउन, २०७७, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङको विराटनगर महानगरपालिका ५ आदर्शटोलका ७७ वर्षीय वृद्धाको कोरोनाका कारण मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनसार ज्वरो र स्वासप्रस्वासमा समस्या आएपछि १९ गते बिहान कोसी अस्पताल भर्ना भएका ती वृद्धाको १९ गते नै निधन भएको हो । मधुमेह तथा उच्च रक्तचापका विरामी उनको उपचारका क्रममा निधन भएको हो ।

अहिले देशभर जम्मा ५ हजार ९ सय २५ जना संक्रमित उपचाररत रहेका छन् । जसमा प्रदेश नम्बर १ मा ३ सय ३४, प्रदेश नम्बर २ मा २ हजार ४ सय २७, बागमती प्रदेशमा ७ सय १६ र गण्डकी प्रदेशमा २ सय ६३ जना संक्रमित उपचाररत रहेका छन । प्रदेश नम्बर ५ मा ३ सय ३५

कर्णाली प्रदेशमा २ सय ९५ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ५५ जना उपचाररत रहेको प्रवक्ता डा. गौतमले बताउनुभयो ।

काठमाडौं उपत्यका भित्रिने विभिन्न नाकाहरुमा गरिएको परीक्षणमा ४० जनामा कोरोना पोजेटिभ देखिएको छ । उपत्यका भित्रिने साँगा, नागढुंगा र फर्पिङ नाकाबाट १० हजार ८ सय ५३ नमुना संकलन गरिएकोमा नागढुंगामा १६, साँगामा १३ र फर्पिङमा ११ जना गरी ४० जना जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले बताउनुभयो ।

मंगलबार नेपालमा थप २ सय ५९ जना संक्रमित थपिएका छन । ७ हजार ६ सय ८७ वटा पीसीआर परीक्षणमा मंगलबार २ सय ५९ जनामा पाजेटिभ देखिएको हो । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । आजसम्म पीसीआर विधिबाट ४ लाख ६ हजार ५ सय वटा परीक्षण भएका छन ।

मंगलबार ६५ जना संक्रमित उपचारपति निको भएर घर फर्किएका छन । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार २६ पुगेको छ । मंगलबार देशभरीका क्वारेन्टिनमा १० हजार ४ सय ५२ जना उपचाररत रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *