Main News

बाँकेमा कोरोना संक्रमण बढेपछि निषेधाज्ञा चार दिन थपियो

हिमालय टिभी
२०७७ साउन २० गते १४:५७
बाँकेमा कोरोना संक्रमण बढेपछि निषेधाज्ञा चार दिन थपियो

२० साउन, २०७७ बाँके । बाँकेमा कोरोना संक्रमण बढेपछि लगाइएको निषेधाज्ञा चार दिन थपिएको छ

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जोखिम कायमै रहेको निष्कर्षसहित निषेधाज्ञाको समयावधि बढाएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समुदायस्तरमा संक्रमण देखिएकाले शनिबार रातीसम्मका लागि निषेधाज्ञा कायम गरिएको जानकारी दिनुभयो ।

बाँकेमा ५ दिनमा ६२ जना संक्रमित थपिएपछि स्थानीय प्रशासनले घोषणा गरेको निषेधाज्ञा आज राती सकिदै थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *