राजनीति

प्रधानमन्त्री ओलीले भने–सरकार टेलिभिजनको पर्दामा खोज्ने होइन

हिमालय टिभी
२०७७ साउन २० गते १४:२१
प्रधानमन्त्री ओलीले भने–सरकार टेलिभिजनको पर्दामा खोज्ने होइन

२० साउन, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संकटको बेलामा गैरजिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै आफ्नै पार्टीका नेताहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाउनुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित विज्ञहरुसहितको सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले नेकपाकै नेताहरुले कोरोना भाइरस संक्रमणको जोखिमलाई गम्भिर ढंगले नलिएको गुनासो गर्नुभएको हो ।

केही मानिस, केही माध्यम र केही संस्थाहरुमा अत्यन्तै गैरजिम्मेवारपन देखिन्छ । यथार्थमा भन्दा अन्त बुझ्न गइरहन पर्दैन मेरै पार्टीमा देखिन्छ । सरकारले २५ जनाभन्दा बढी भेला नहुन भनेको छ । तर मेरै पार्टीमा ४ सय ५० जनाको केन्द्रीय कमिटी तुरुन्त चाहियो भनेर कहाँ बस्ने हो ? के गर्ने हो ? त्यस्तो सोच केही पनि छैन । तर बैठक चाहिँ चाहियो भन्ने कुरा त मेरै पार्टीमा छ ।

उहाँले आफ्नै पार्टीका नेताहरु मुलुकको संकटप्रति लापरवार्ह, जनताप्रति उदाशिन हुनै स्वार्थका पछाडी कुदेको टिप्पणी गर्नुभयो । सरकारले संक्रमणको जोखिम फैलिन सक्ने भन्दै २५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन दिएका बेला पार्टीभित्रैबाट केन्द्रीय समिति बैठकको माग भएपछि प्रधानमन्त्री ओलीले त्यसप्रति असन्तुष्टि जाहेर गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘केही मानिस, केही माध्यम र केही संस्थाहरुमा अत्यन्तै गैरजिम्मेवारपन देखिन्छ । यथार्थमा भन्दा अन्त बुझ्न गइरहन पर्दैन मेरै पार्टीमा देखिन्छ । सरकारले २५ जनाभन्दा बढी भेला नहुन भनेको छ । तर मेरै पार्टीमा ४ सय ५० जनाको केन्द्रीय कमिटी तुरुन्त चाहियो भनेर कहाँ बस्ने हो ? के गर्ने हो ? त्यस्तो सोच केही पनि छैन । तर बैठक चाहिँ चाहियो भन्ने कुरा त मेरै पार्टीमा छ । स्थायी कमिटी अहिले नै बस्नुपर्‍यो, भरे बस्नुपर्‍यो त्यसबाहेक केही छैन । यो देश र जनताप्रतिको गम्भिर उदासिनता, लापरवाही, बेवास्ता गर्ने प्रवृति र आफ्ना स्वार्थका पछाडि कुद्ने प्रवृतिहरु निकै व्यापकरुपमा देखिन्छ ।’’

उहाँले संकटको बेलामा केही सञ्चारमाध्यमहरुले सरकारका जुनसुकै कदमप्रति विरोधको शैली अपनाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘देश यस्तो संकटमा भएका बेला यसलाई एउटा सरकारको विरोध गर्ने माध्यमले जता पल्टाए पनि विरोध, उता पल्टाएपनि विरोध गर्ने । कहिले क्वारन्टिनमा राख्यो भन्ने किन राख्यो भन्ने, राखेन भने किन राखेन भन्ने ? लकडाउन गरेन भने किन गरेन ? भन्ने लकडाउन गर्‍यो भने किन गर्‍यो भन्ने, अनि मान्छे उचाल्ने मान्छे भड्काउने ।’’

विज्ञहरुले समेत सरकारका काम कारवाहीप्रति असन्तुष्टि जनाइरहेका बेला प्रधानमन्त्री ओलीले टेलिभिजनको पर्दामा सरकारलाई नखोज्न आग्रह गर्नुभएको छ । कोरोना संक्रमण नियन्त्रणदेखि लिएर बाढी पहिरो पीडितको उद्धारका काममा अधिकारीहरु खटिरहेको उल्लेख गर्दै उहाँले रेस्क्यु भइरहेको ठाउँमा गएर सरकार खोज्न आग्रह गर्नुभयो ।

बौद्धिक जगतको टिप्पणीहरु सुन्छु कहाँ छ सरकार ? काठमाडौंमा बसेर टेलिभिजनको पर्दा अगाडि क्यामरा अगाडि बसेर कहाँ छ सरकार भन्दा कता देखाउने ? त्यो रेस्क्यु गएको ठाउँमा हेर्नुपर्‍यो सरकार छ कि छैन । त्यहाँका जनतालाई सोध्नुपर्‍यो सरकार छ कि छैन् । सरकारले जहिलेपनि तदारुकताका साथ ज्यान जोखिममा राखेर सरकारी मान्छेरु त्यहाँ खटेका छन रेस्क्यु गरेको छ । रिलिफ पुर्‍याएको छ ।

उहाँले भन्नुभयो, ‘‘प्रहरीलाई किन संक्रमण भएको छ भन्दा उनीहरु सडकमा गएका छन् संक्रमित मान्छेहरुसँग उनीहरु डिल गर्नुपरेको छ । अनेक कामहरुमा उनीहरु छन् । त्यस्ता कामहरुबाट उनीहरु संक्रमितहरु भइराखेका छन् । ड्युटीको क्रममा संक्रमित भइरहेका छन् । रेस्क्यु गर्न जाँदा संक्रमित भएर आएका छन् । अहिलेको मौसम पानी परेको छ, बाढी आएको छ । सरकारले बाढी गएको पहिरो गएको ठाउँमा तत्काल सरकार थाहा पाउने बित्तिकै जोखिमका साथ रेस्क्यु टिम सरकारको तर्फबाट गएको छ । अरुले पनि सहयोग गरेका छन् । तर बौद्धिक जगतको टिप्पणीहरु सुन्छु कहाँ छ सरकार ? काठमाडौंमा बसेर टेलिभिजनको पर्दा अगाडि क्यामरा अगाडि बसेर कहाँ छ सरकार भन्दा कता देखाउने ? त्यो रेस्क्यु गएको ठाउँमा हेर्नुपर्‍यो सरकार छ कि छैन । त्यहाँका जनतालाई सोध्नुपर्‍यो सरकार छ कि छैन् । सरकारले जहिलेपनि तदारुकताका साथ ज्यान जोखिममा राखेर सरकारी मान्छेरु त्यहाँ खटेका छन रेस्क्यु गरेको छ । रिलिफ पुर्‍याएको छ । ’’

प्रधानमन्त्री ओलीले संक्रमणको गतिलाई रोक्दै शून्यमा पुर्‍याउनुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो । संक्रमित सबै व्यक्तिहरुलाई निको बनाएर घर पठाउँदै कोभिडको अन्त्य गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले खुला सिमाना र विदेशबाट मान्छे आउने क्रम नरोकिँदासम्म संक्रमणको अवस्था भयावह नै रहने चेतावनी समेत दिनुभयो ।

बैठकपछि नेपाली कांग्रेसका सभपति शेरबहादुर देउवाले सरकारलाई परीक्षणको गति बढाउन आफुले सल्लाह दिएको बताउनुभयो ।

सतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारन्टिनको उचित व्यवस्थापन हुनुपर्ने माग राख्दै केही युवाहरु अनसनमा बसेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै सभापति देउवाले अनसन तोडाउन आग्रह गरिएको बताउनुभयो । उहाँले राजनीतिज्ञहरुलाई भन्दा विज्ञहरुलाई बेलाएर छलफल गर्न पनि प्रधानमन्त्रीलाई सुझाव दिएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्