Main News

कोरोना महामारीबीच यस्तो देखियो गाईजात्रा पर्व (फोटो फिचर)

हिमालय टिभी
२०७७ साउन २० गते १३:५५
कोरोना महामारीबीच यस्तो देखियो गाईजात्रा पर्व (फोटो फिचर)

२० साउन, २०७७ काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । एक वर्षभित्र दिवंगत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराउनाका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । यो वर्ष कोरोना महामारीका कारण गाईजात्राको रौनक भने केही कम भएको सर्वसाधारणले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *