Main News

वीरगञ्जमा थप ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि

हिमालय टिभी
२०७७ साउन २० गते ९:१८
वीरगञ्जमा थप ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि

२० साउन, २०७७ पर्सा । वीरगञ्जमा गरिएको जाँचमा थप ३४ जनामा नोबेल कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

नारायणी अस्पतालमा गरिएको जाँचमा दुईजना बाराका र एकजना सुर्खेतका सहित ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिनुुभयो । ३१ जना मध्ये ३ जना पोखरीया नगरपालिका र एक जना जिराभवानी गाउँपालकिाको सेढवाका बासिन्दा रहेका छन् ।

२७ जना भने वीरगञ्जको विभिन्न वडामा बसोबास गर्ने रहेका छन् । सुर्खेत घर भई नेशनल मेडिकल कलेजको क्वाटरमा बसेर काम गर्दै आएका २८ वर्षीय चिकित्सक महिलामा पनि सङ्क्रमण देखिएको छ ।

नारायणी बयोधा अस्पताल प्रालि गण्डकमा कार्यरत ३४ वर्षीय पुरुष डाक्टरमा पनि सङ्क्रमण देखिएको छ । नारायणी अस्पताल वीरगञ्जको फार्मेसीमा कार्यरत ३० र ४३ वर्षका दुई पुरुष, नारायणीकै पारामेडिक्सको कन्ट्याक्ट ट्रेसिङ्मा परेका २१, २७ वर्षका दुई गरी चारजना स्वास्थ्यकर्मीमा पनि कोरोना सङ्क्रमण देखिएको छ ।

त्यसैगरी चण्डीप्रसाद गण वीरगञ्ज घण्टाघरमा कार्यरत एवं शव व्यवस्थापन टोलीमा खटेका २८, ३० र ३२ वर्षका तीन जना नेपाली सेनाका जवान पनि सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *