Main News

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेपछि होटल र रेष्टुरेन्ट बन्द गर्ने तयारी

हिमालय टिभी
२०७७ साउन २० गते ७:४८
काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेपछि होटल र रेष्टुरेन्ट बन्द गर्ने तयारी

२० साउन, २०७७ काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले होटल रेष्टुराँहरू पुन बन्द गर्नु पर्ने निस्कर्ष निकालेको छ।

अव्यवस्थित रुपमा सञ्चालन भएका उपत्यका भित्रका खाजा घर तथा रेस्टुरेन्टहरुबाट जोखिम बढेको भन्दै तिनलाई फेरि बन्द गराउने निष्कर्षमा सरकार पुगेको हो।

उपत्यकामा सञ्चालित धेरै खाजा घर तथा रेस्टुरेन्ट न्यूनतम स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरी सञ्चालन गरेको जानकारी आएको भन्दै यसमा सुधार नगर्नेहरूलाई बन्द गर्ने निष्कर्ष निकालिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले बताउनुभयो।

सरकारले उपत्यकाका होटल रेस्टुरेन्ट यही साउन १५ गतेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। तर साना होटलहरु भने असारबाट नै सञ्‍चालनमा आएका थिए।

ती होटलहरुले न्यूनतम् सुरक्षा मापदण्ड पूरा नगरेको गुनासो आएपछि सरकार बन्द गराउने निष्कर्षमा पुगेको हो । चैत्र ११ गतेदेखि गरिएको लकडाउन साउन ७ गते अन्त्य भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *