Main News

सप्तरीमा आजदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा

हिमालय टिभी
२०७७ साउन २० गते ७:३६
सप्तरीमा आजदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा

२० साउन, २०७७ सप्तरी । सप्तरीमा आजदेखि लागू हुने गरी एक साताको निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले बिहान ५ बजेदेखि लागू हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।

कोरोना संक्रमितको संख्या बढ्दै गएकोले रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताउनुभएको छ । निषेधाज्ञा आगामी साउन २६ गते साँझ ५ बजेसम्म जारी रहने छ ।

निषेधाज्ञाको समयमा अति आवश्यकबाहेक अन्य सबै काम बन्द हुने र जथाभावी हिंडडुल गर्नेलाई कानुनी कारबाही हुने जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

यसअघि सप्तरीको राजविराज नगरपालिकामा मात्र निषेधाज्ञा जारी गरिएको थियो। सप्तरीमा हालसम्म ५ सय ३१ जनामा संक्रमित हुँदा एकजनाको मृत्यु भइसकेको छ ।

यसभन्दा पहिले बारा, पर्सा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ भने धनुषाको जनकपुरधाम, महोत्तरीको जलेश्वर लगायतका क्षेत्रमा समेत निषेधाज्ञा जारी गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *