Main News

पोखराका सुजन सुवेदी बने हिमालय रोडिज सिजन–३ को विजेता

हिमालय टिभी
२०७७ साउन २० गते ७:२७
पोखराका सुजन सुवेदी बने हिमालय रोडिज सिजन–३ को विजेता

२० साउन, २०७७ काठमाडौं । पोखराका सुजन सुवेदी हिमालय रोडिज सिजन ३ को बिजेता बनेका छन् ।

सोमबार साँझ हिमालय टेलिभिजनबाट प्रसारित ग्राण्ड फिनालेमा सुजनले रोडिज सिजन ३ को उपाधि जितेका हुन् । ग्याङ ग्रिन अन्तरगत लाउरेको टीममा रहेका सुजनले अडिसन, कलिङ र जर्नि राउण्ड हुँदै ग्राण्ड फिनालेमा उपाधि जितेका हुन् ।

उनले नगद १० लाख रुपैयाँ र मोटरसाइकल जितेका छन् । गत डिसेम्बर १६ तारिखबाट प्रसारण सुरु भएको हिमालय रोडिज कोरोना संक्रमणका कारण सुरु भएको डकडाउनले गर्दा १५ औं श्रृङखलापछि रोकिएको थियो ।

लकडाउन खुलेपछि प्रसारण सुरु भएको रोडिजको १८ औं एपिसोडमा बिजेता छानिएको हो । भायकम–एट्टिनले विकाश गरेको फरम्याट अन्तरगत हिमालय टेलिभिजनले लिएको फ्रेन्चाइज रियालिटी सो नेपालमा प्रसारण गर्दै आएको छ ।

तेस्रो सिजनमा आइपुग्दा रोडिजको फरम्याटमा धेरै परिवर्तन भई ग्याङ लिडरको शैली अबलम्बन गरिएको थियो । जहाँ ग्याङ लिडरहरु पनि प्रतिस्पर्धीसँगै बिभिन्न टास्कमा सहभागी भएका थिए ।

सिजन ३ को टाइटल स्पोन्सर यामाहा मोटरसाइकल रहेको थियो भने पावर्ड बाई स्पोन्सरमा प्रभु मोबाइल टीभी रहेको थियो । यस्तै नेपाल टुरिजम बोर्ड, ओयो होटल्स, स्टार हस्पिटल लगायतका ब्राण्डहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *