Main News

नेपालमा थप ४१८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०७५० पुग्यो

हिमालय टिभी
२०७७ साउन १९ गते १६:३६
नेपालमा थप ४१८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०७५० पुग्यो

१९ साउन, २०७७ काठमाडौं । नेपालमा थप ४ सय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २०७५० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै नेपालमा थप ३ सय ५८ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार ९ सय ६१ पुगेको छ।

प्रदेश नम्बर १ मा ८ सय ७५, प्रदेश नम्बर २ मा ३ हजार १ सय ७६, बागमती प्रदेशमा ५ सय ४३ र गण्डकी प्रदेशमा १ हजार ३ सय ३० जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ६६, कर्णाली प्रदेशमा १ हजार ७ सय २३ र सुदूरपश्चिम प्रदेशमा ३ हजार २ सय ४८ जना डिस्चार्ज भएका छन ।

सोमबार देशभरीका आइसोलेसनमा ५ हजार ७ सय ३२ जना संक्रमित उपचाररत रहेका छन् । जसमा प्रदेश नम्बर १ मा २ सय ९०, प्रदेश नम्बर २ मा २ हजार ३ सय ५७, बागमती प्रदेशमा ६ सय ५१ र गण्डकी प्रदेशमा २ सय ७२ जना संक्रमित उपचाररत रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ३ सय १५, कर्णाली प्रदेशमा २ सय ९८ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ४९ जना रहेका छन् ।

प्रदेश नम्बर १ मा १ हजार २ सय ९६, प्रदेश नम्बर २ मा १ हजार १ सय ४४, बागमती प्रदेशमा ८ सय २६ र गण्डकी प्रदेशमा २ हजार ७ सय ९५ जना क्वारेन्टिनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ३ सय ४०, कर्णाली प्रदेशमा ५ सय १४ र सुदूरपश्चिम प्रदेशमा २ हजार ५ सय ३७ जना क्वारेन्टिनमा रहेका छन । अहिलेसम्म कोरोनाबाट ५७ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *