Main News

पशुपति क्षेत्र विकास कोषको गुरुयोजनाबारे सरोकारवालासँग छलफल

हिमालय टिभी
२०७७ साउन १८ गते १८:१६
पशुपति क्षेत्र विकास कोषको गुरुयोजनाबारे सरोकारवालासँग छलफल

१८ साउन, २०७७ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषले बनाएको गुरुयोजनाका विषयमा सरोकारवालाहरुसँग छलफल गरेको छ ।

कोषले बनाएको गुरुयोजना विवादमा तानिएपछि मन्त्री योगेश भट्टराईले सरोकारवालासँग छलफल गर्नुभएको हो ।

छलफलमा नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले त्यो ठाउँबाट स्थानीय बासिन्दालाई स्थानान्तरण गर्न खोजे सास्कृतिक विषय लोप हुँदै जाने बताउनुभयो ।

स्थानीयको प्रत्यक्ष सहभागिता नभए प्राचिन कालदेखि चल्दै आएका जात्रा र पर्व समेत बन्द हुन सक्ने तर्फ उहाँले ध्यानाकर्षण गर्नुभयो ।

छलफलमा मन्त्री भट्टराईले पशुपति क्षेत्रमा हुने जात्रा र पर्व सञ्चालनका लागि अक्षयकोषको स्थापना गर्नुपर्ने बताउनुभयो । उहाँले १० करोडको अक्षयकोष निर्माणका लागि प्रस्ताव गर्नुभयो । ५० प्रतिशत रकम पशुपति क्षेत्र विकास कोष र ५० प्रतिशत रकम महानगरपालिकाले बेहार्ने गरी कोष बनाउने उहाँको प्रस्ताव छ ।

गत पुस १९ गते कोषको बैठकले पारित गरेको गुरुयोजनामा पशुपति क्षेत्रभित्रका पुराना बस्ती उठाउनेसम्मको योजना समेटिएपछि स्थानीय बासिन्दा आन्दोलनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *