Main News

कोरोनाको उच्च जोखिममा रहेका वर्गलाई घरबाहिर ननिस्कन सरकारको आग्रह (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १८ गते १७:३६
कोरोनाको उच्च जोखिममा रहेका वर्गलाई घरबाहिर ननिस्कन सरकारको आग्रह (भिडियोसहित)

१८ साउन, २०७७ काठमाडौं । सरकारले कोरोनाका उच्च जोखिममा रहेका वर्गलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

नियमित पत्रकार सम्मेलनमा आज स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ६० वर्षमाथिका र १२ वर्षमुनिकालाई घर बाहिर ननिस्कन आग्रह गर्नुभयो ।

कोरोनाले वृद्धवृद्धा र बालबालिकालाई धेरै असर गर्ने विज्ञहरुले बताउँदै आएका छन् । स्वासप्रश्वास सम्बन्धी समस्या भएका र दीर्घ रोगको औषधि खाइहेका समूह पनि कोरोनाको जोखिममा छन् ।

त्यसैले कामका लागि घर बाहिर निस्किनेहरुले पनि घर फर्केपछि वृद्धवृद्धा र केटाकेटीसँग दुरी कायम गर्नु आवश्यक छ । यसैगरी सरकारले पछिल्लो समय समुदायमा नै कोरोनाको संक्रमण देखिएको वीरगञ्जमा उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ ।

मन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर दीपेन्द्र रमण सिंहको नेतृत्वमा गएको टोलीले कोरोना संक्रमण रोकथामका लागि काम गर्ने छ ।

आवश्यकता परेमा अन्य ठाउँमा पनि उच्च स्तरीय टोली पठाउने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *