Main News
ट्राफिक प्रहरी महाशाखाका दुई जनामा कोरोना पुष्टि, ३७५ जना क्वारन्टिनमा
२०७७ साउन १८ गते १२:३२

१८ साउन, २०७७ काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि एसएसपी भिमप्रसाद ढकालसहित ३ सय ७५ जनालाई क्वारन्टिनमा राखिएको छ ।
गत शुक्रबार संक्रमण पुष्टि भएकाहरुलाई भने अस्पताल पठाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालले आफूसहित ३ सय ७५ जना ब्यारेकमै रहेको र महाशाखामा पूर्णलकडाउन गरिएको बताउनुभयो ।
कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न बन्देज लगाइएको एसएसपी ढकालले जानकारी दिनुभयो ।
महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति एक हजार ५ सय ४५ जना छ । ३ सय ७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ ।
प्रतिक्रिया