Main News

वीरगञ्जमा करिब २५० बेडको आइसोलेशन वार्ड तयार

हिमालय टिभी
२०७७ साउन १८ गते ८:१२
वीरगञ्जमा करिब २५० बेडको आइसोलेशन वार्ड तयार

१८ साउन, २०७७ पर्सा । कोरोना भाइरसका कारण संक्रमीत बिरामीको उपचारका लागि वीरगञ्जमा करिव २ सय ५० बेडको आइसोलेशन वार्ड तयार भएको छ ।

वीरगञ्जको अस्थायी कोभिड गण्डक अस्पतालमा ५० बेडलाई ६५ बेडमा परिणत गरिएको छ भने गण्डकमै रहेको वीरगञ्ज हेल्थ केयर अस्पतालले करिब १ सय ५० बेड र नारायणी अस्पतालमा सय बेड गरी अब २ सय ६५ बेडको आइसोलेशनमा संक्रमितहरुलाई उपचार सेवा दिने व्यवस्था मिलाईएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले बताउनुभयो ।

संघीय सरकारको मातहतमा रहेको नारायणी अस्पताललाई लेभल २ कोभिड अस्पतालको रुपमा सञ्चालनमा ल्याएपछि त्यँहा १ सयभन्दा बढी बिरामीले सेवा पाउने छन ।

यसरी वीरगञ्जमा संक्रमीतको संख्या बढदै जाँदा आइसोलेशन वार्डको ब्यवस्थापन पनि क्रमिक रुपमा बढाईदै गरेको र संकट व्यवस्थापन केन्द्र पर्सासंग शनिबार वीरगञ्ज हेल्थ केयर अस्पताल व्यवस्थापन पक्ष विच कोभिड अस्पताल सञ्चालन सम्बन्धि सम्झौता भएको थियो ।

वीरगञ्जमा तीन वटा अस्पताल कोभिड अस्पताल बनेपछि घरमा अलपत्र रहेका संक्रमितलाई अस्पतालमा ल्याएर उपचार गर्ने कार्य सहज हुने भएको छ । पर्सामा साउन यता मात्र २७५ भन्दा बढि संक्रमितहरु भेटिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *