Main News

कोरोनाका कारण बारामा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा लागू

हिमालय टिभी
२०७७ साउन १८ गते ८:०३
कोरोनाका कारण बारामा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा लागू

१८ साउृन, २०७७ बारा । बारामा आजदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी भएको छ ।

कोरोना संक्रमितको संख्या बढेसँगै जिल्ला प्रशासन कार्यालय बाराले बढी भिडभाड हुने स्थान तोकेर अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको हो ।

छिमेकी जिल्ला पर्सामा समुदायस्तरमा कोरोना संक्रमण देखिएको र बारामा समेत दैनिक संक्रमितको संख्या बढ्दै गएकोले स्थान निर्धारण गरेर बिहान ५ बजेदेखि निषेधाज्ञा जारी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताउनु भयो ।

शुक्रबा बसेको जिल्ला सुरक्षा समितिको बैठकले आम नागरिकको जीवन रक्षा तथा रोगको संक्रमणलाई नियन्त्रण गर्न अत्यावश्यक काम बाहेक भेला हुन तथा घर बाहिर निस्कन प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

पर्सा तथा बारा जिल्ला जोड्ने हुलाकी लोकमार्ग पर्ने सबै स्थानीय तहहरु, कलैया बजार क्षेत्र, पथलैया(वीरगज औद्योगिक करिडोर पर्ने जीतपुर, सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ, कोल्हवी, सिम्रौनगढ, बरियापुर लगायत अत्याधिक भिडभाड हुने तथा हाटबजार लाग्ने ग्रामिण क्षेत्रहरुमा निषेधाज्ञा लागू गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *