Main News

काठमाडौंमा देखिन थाल्यो लक्षणसहितको कोरोना, अस्पतालमा आइसीयू र भेन्टिलेटर अभाव

हिमालय टिभी
२०७७ साउन १८ गते ७:५२
काठमाडौंमा देखिन थाल्यो लक्षणसहितको कोरोना, अस्पतालमा आइसीयू र भेन्टिलेटर अभाव

१८ साउन, २०७७ काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्ला दिनमा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालमा आइसीयू र भेन्टिलेटरको अभाव देखिन थालेको छ ।

यही अनुपातमा संक्रमितको संख्या बढेको अवस्थामा अस्पतालमा आइसियू र भेन्टिलेटर पाउनै मुस्किल हुनेछ । संक्रमितको बढ्दो संख्यालाई लिएर चिकित्सकले पर्याप्त सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेका छन् ।

हाल काठमाडौं उपत्यकाभित्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल, वीर अस्पताल, स्टार अस्पताल र त्रिवि शिक्षण अस्पतालमा संक्रमितको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बाग्मती प्रदेशमा १५ जना संक्रमित आइसियूमा उपचाररत छन् । काठमाडौं उपत्यकामा पछिल्ला तीन दिनमा ८९ जना संक्रमित थपिएका छन् ।

योसँगै उपत्यकामा संक्रमितको संख्या ५ सय ८९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर १ हजार ५ सय ९५ वटा आइसियू बेड र ९ सय वटा भेन्टिलेटर र २६ हजार ९ सय ३० वटा हस्पिटल बेड रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

उपत्यकाका अस्पतालमा ३ सय २ आइसियू बेड छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *