Main News

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा अन्तर्राष्ट्रिय समुदायमा पठाउने

हिमालय टिभी
२०७७ साउन १८ गते ७:४८
सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा अन्तर्राष्ट्रिय समुदायमा पठाउने

१८ साउन, २०७७ काठमाडौं । सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरासहित नेपालको राजनीतिक तथा प्रशासनिक नक्‍सा अन्तर्राष्ट्रिय समुदायमा पठाउने भएको छ।

त्यसका लागि सरकारले अन्तर्राष्ट्रिय समुदायलगायत युनाइटेड नेशन युएनओ र गुगलमा समेत प्रकाशित हुने गरी तयारी गरेको भूमि व्‍यवस्था मन्त्री पद्मा अर्यालले बताउनु भएको छ ।

त्‍यसको लागि सरकारले गर्नु पर्ने आवश्‍यक तयारी गरिरहेको उहाँको भनाइ छ । उक्त नयाँ नक्साको अंग्रेजी रुपान्तरणको काम भइरहेको र त काम सकिएसँगै साउनको अन्त्यसम्‍ममा पठाइसक्‍ने मन्त्री अर्यालले बताउनुभयो ।

नेपालको नयाँ नक्सा करीब ४ हजार प्रति अंग्रेजीमा छपाइ गरिसकेको नापी विभागले जनाएको छ । सरकारले जेठ ७ गते कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा सार्वजनिक गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *