Main News

कार्यकक्षमै उपसचिव प्रेम सञ्जेलमाथि हातपात

हिमालय टिभी
२०७७ साउन १७ गते १७:५१
कार्यकक्षमै उपसचिव प्रेम सञ्जेलमाथि हातपात

१७ साउन, २०७७, काठमाडौं । श्रम कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेललाई दुइजना महिला कर्मचारीले कार्यकक्षमै कुटपिट गरेका छन् ।

११ बजेतिर कार्यालय पुगेका संजेललाई कार्यालय सहयोगी नेत्र भट्टराई निरौला र मेनुका सापकोटा कोइरालाले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

सञ्जेलले पटक पटक यौन दुर्व्यवहार गरेको, अनावश्यक रुपमा काममा पेलाएको र जिम्मा मै नभएको वस्तुको सुरक्षामाथि प्रश्न उठाएर दुःख दिएको ति महिलाले बताएका छन् ।

कुटपिटबाट प्रमुख सञ्जेलको ओठ काटिएको छ भने टाउकोको विभिन्न भागमा चोट लागेको छ । घटनापछि सञ्जेलसहित तीनै जनालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

सञ्जेलले भने आफुलाई कार्यकक्षको ढोका थुनेर नियोजित रुपमा आक्रमण गरेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *