Main News

सभामुखका सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ साउन १७ गते १४:२२
सभामुखका सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

१७ साउन, २०७७ काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाको सुरक्षामा खटिएका एक जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना पोजेटिभ देखिएका सुरक्षाकर्मी साउन ६ गतेदेखि सुरक्षामा नखटिएको सभामुख सचिवालयले जनाएको छ ।

कन्ट्याक ट्रेसिङका क्रममा परीक्षण गर्दा सुरक्षाकर्मीमा पोजेटिभ देखिएको हो ।

प्रहरी मुख्यालयमा बस्ने ती सुरक्षाकर्मीमा संक्रमण भएपछि कन्ट्याक ट्रेसिङका आधारमा अन्यको पनि पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । त्यसको नतिजा भोलिसम्म आउने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *