रुपन्देहीबाट प्रतिबन्धित विप्लव समूहका दश जना नेता-कार्यकर्ता पक्राउ
१७ साउन, २०७७, बुटवल । सरकारबाट प्रतिबन्धित नेकपा माओवादी विप्लव समूहका रुपन्देही जिल्ला ईन्चार्ज संगम पुनसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १७ रानीगञ्जस्थित गम बहादुर थारुको घरमा बैठक बसिरहेको सूचनाको आधारमा प्रहरीले छापा मारी हिजो उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकामा विप्लव समुहका जिल्ला सचिवालय सदस्य सैनामैनाका विष्णु भट्टराई, सोही ठाउँकै जिल्ला सेक्रेटरी नवीन चौधरी, विद्यार्थी संगठनका पारस राहादी, रुपन्देही जिल्ला सदस्यहरु माधव न्यौपाने, तुल्सीराम भण्डारी, अजअहमद मिया, दलित मुक्ति मोर्चाका सरिता बराहलगायत छन् ।
इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ परेकाबाट विभिन्न हतियार समेत वरामद गरेको जनाएको छ ।
यस्तै १ लाख ६८ हजार रुपैयाँ नगद र विप्लव समूहका दस्तावेजसमेत बरामद गरेको जिल्ल प्रहरी कार्यालयका प्रवत्ता खड्कबहादुर खत्रीले जानकारी दिनुभयो ।
प्रतिक्रिया