Main News

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ६५औं वर्षगाँठ, दुई देशका नेताहरुबीच शुभकामना आदानप्रदान

हिमालय टिभी
२०७७ साउन १७ गते १२:५५
नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ६५औं वर्षगाँठ, दुई देशका नेताहरुबीच शुभकामना आदानप्रदान

१७ साउन, २०७७ काठमाडौं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औं वर्षगाँठका अवसरमा दुई देशका शीर्ष नेताबीच शुभकामना आदान प्रदान भएको छ ।

कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँँ वार्षिकोत्सवको अवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले बधाई सन्देश आदानप्रदान गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङलाई पठाएको सन्देशमा दुइ देशबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

चीनले हासिल गरेको विकास र समृद्धिको प्रशंसा गर्दै राष्ट्रपतिले चीनको दुई शताब्दीको विकास लक्ष्य प्राप्तिमा पाएको सफलता प्रति शुसी व्यक्त गर्नुभएको छ ।

उहाँले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति चीनबाट प्राप्त सहयोग र कोभिड–१९ महामारीविरुद्ध अत्यावश्क औषधि र उपकरणका साथै ज्ञान र अनुभव बाँडेकामा सराहना गर्नुभएको छ ।

यसैगरी चिनियाँ राष्ट्रपति सि जिन पिनले क्षेत्रीय स्थिरता र विकासमा सकरात्मक योगदान दिनका लागि नेपालसँग मिलेर काम गर्ने बताउनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई पठाएको शुभाकामना सन्देशमा चिनियाँ राष्ट्रपतिले द्विपक्षीय सम्बन्धको निरन्तर प्रगतिका लागि जोड दिनुभएको छ । सीले अहिलेको सम्बन्धलाई निरन्तरता दिँदै अघि बढ्नु पर्ने बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री लि खस्याङ्ग र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र उहाँका चिनियाँ समकक्षी वाङ यीबिच पनि शुभकामना आदान प्रदान भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *