Main News

संक्रमित बढ्दै गएसँगै अब देखिन थाल्यो कोरोनाको लक्षण, बिरामीको भेन्टिलेटरमा राखेर उपचार शुरु

हिमालय टिभी
२०७७ साउन १७ गते ८:१८
संक्रमित बढ्दै गएसँगै अब देखिन थाल्यो कोरोनाको लक्षण, बिरामीको भेन्टिलेटरमा राखेर उपचार शुरु

१७ साउन, २०७७ काठमाडौं । कोरोना संक्रमितको संख्या दिनदिनै बढदै गएको छ। संक्रमण बढेसँगै लक्षण पनि देखिन थालेको छ ।

मुलुकभर सुरुवाती दिनमा देखिएका संक्रमितमा कोरोनाको लक्षण नदेखिए पनि पछिल्लो केही दिनयता संक्रमितमा ज्वरो, रुघाखोकी र थकानको महसुस हुने लक्षण देखिन थालेको हो।

लक्षण देखिन थालेपछि अस्पतालको भेन्टिलेटर र आइसीयुमा राखी उपचार हुन थालेको छ। अस्पतालमा भर्ना भएका संक्रमित बिरामी गम्भीर हुँदै जान थालेका छन्। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार मुलुकभरको विभिन्न अस्पतालमा २२ जना कोरोना संक्रमितको आइसियुमा उपचार भइरहेको छ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ जना संक्रमितलाई आइसियुमा राखी उपचार गरिएको छ। वीरगन्जको नारायणी अस्पतालमा ६ जनाको आइसियुमा उपचार भइरहेको छ। १ जनाको अवस्था गम्भीर रहेको नारायणी अस्थायी कोभिड असपतालका संयोजक डा उदय नारायण सिंहले जानकारी दिनुभयो ।

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोनाका दुई जना संक्रमितको आइसियुमा उपचार भइरहेको छ। १ जनाको अवस्था गम्भीर र अर्काको अवस्था सामान्य रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा राजेन्द्र प्रसाद खनालले जानकारी दिनुभयो ।

त्रिवि शिक्षण अस्पतालमा एक संक्रमितको आइसीयुमा उपचार भइरहेको छ । जनकपुर प्रादेशिक अस्पतालमा २ जना संक्रमित आइसियुमा उपचाररत रहेका अस्पतालले जनाएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ८ जनालाई आइसियुमा राखी उपचार गरिरहेको अस्पतालका निर्देशक सागर कुमार राजभण्डारीले जानकारी दिनुभयो ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनालाई आइसियुमा उपचाररत छन् । भेन्टिलेटरमा राखी उपचार गरिरहेको महिलाको हिजो मृत्यु भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *