पर्सामा एक जना सांसदसहित थप ६४ जनामा कोरोना संक्रमण
१७ साउन, २०७७ पर्सा । पर्सामा एक सांसादसहित थप ६४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा सांसद प्रदिप यादवसहित ६४ जनामा संक्रमण भएको हो ।
वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण फेला परेको हो ।
पर्सामा ३ महिलासहित थप ६४ जनामा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा मदन कुमार उपाध्यायले जानकारी दिनुभयो ।
उहाँले संक्रमण पुष्टि हुनेमा एक डाक्टर, एक प्यारामेडिक्स र एक सांसद पनि रहेको जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित ब्यक्तिहरु १५ देखि ६८ बर्ष उमेर समुहका रहेका छन् ।
यसैबीच सांसद यादवले फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको जानकारी गराउनु भएको छ । यशअघि हिजो वीरगंज महानगरका प्रम्ुख विजय सरावगीमा पनि कोरोना संक्रमण भएको थियो ।
प्रतिक्रिया