Main News

सरकारी कार्यशैली परिवर्तन नभएसम्म जनमुखी परिवर्तन आउँदैनः रक्षामन्त्री पोखरेल

हिमालय टिभी
२०७७ साउन १६ गते १८:४९
सरकारी कार्यशैली परिवर्तन नभएसम्म जनमुखी परिवर्तन आउँदैनः रक्षामन्त्री पोखरेल

१६ साउन, २०७७ काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारी कार्यशैली परिवर्तन नभए जनमुखी परिणाम नआउने बताउनुभएको छ ।

रक्षा मन्त्रालयको वार्षिक प्रगति समीक्षा कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँका अनुसार अहिलेको कार्यशैली लकिरका फकिर भने जस्तो छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। पुष्पराज कँडेलले राष्ट्रिय हित र विकासका दृष्टिकोणका हिसाबले राष्ट्रिय गौरबका आयोजनामा प्रगति हुन नसकेको बताउनुभयो । राष्ट्रिय गौरबका आयोजना आर्थिक स्रोतका कारण रोक्ने अवस्था नहुने उहाँले प्रष्ट पार्नुभयो ।

आजै उपप्रधानमन्त्री तथा रक्षामन्त्री र मन्त्रालय सचिवबीच आर्थिक वर्ष २०७७–०७८ मा रक्षा मन्त्रालयबाट गरिने मुख्य कार्यक्रम सम्बन्धी कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ ।

यस्तै प्रधानसेनापति र रक्षासचिवबीच आर्थिक वर्ष २०७७–०७८ मा नेपाली सेना अन्तरगत कार्यान्वयन गरिने मुख्य कार्यक्रम सम्बन्धि कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *