Main News

कोरोनाप्रति काडमाडौं उपत्यकामा लापरवाही बढ्दो, सरकारले दियो यस्तो चेतावनी (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १६ गते १८:४५
कोरोनाप्रति काडमाडौं उपत्यकामा लापरवाही बढ्दो, सरकारले दियो यस्तो चेतावनी (भिडियोसहित)

१६ साउन, २०७७ काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढ्दै गएकामा गहिरो चिन्ता व्यक्त गरेको छ। कोरोना विरुद्धका नियम पालना नगरी लापरबाही भैरहेकाले जोखिम बढेको सरकारको ठहर छ ।

नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसले काठमाडौंको जनस्वास्थ्यमा ‘ठूलो दुर्घटना’ निम्तिने चेतावनी दिएको छ ।

समूहमा बस्नेहरुमा कोरोना संक्रमण देखिएका कारण संक्रमण बढ्दै गए अस्पतालहरुमा उपचार पाउने अवस्था समेत नहुने तर्फ सरकारले सबैको ध्यानाकर्षण गरेको छ ।

यस्तै देशका कतिपय नाकामा पनि अहिले लापरबाही बढिरहेको भन्दै मन्त्रालयले चिन्ता व्यक्त गरेको छ । यस्ता घटनाबारे सचेत रहन मन्त्रालयले आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *