Main News

नेपालमा थप २२४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९७७१ पुग्यो, कुन जिल्लामा कति संक्रमित ?

हिमालय टिभी
२०७७ साउन १६ गते १६:४२
नेपालमा थप २२४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९७७१ पुग्यो, कुन जिल्लामा कति संक्रमित ?

१६ साउन, २०७७ काठमाडौं । नेपालमा थप २२४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ७१पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विभिन्न जिल्लामा उक्त संख्याका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सरकारले शुक्रबार पीसीआर विधिबाट १० हजार ७ सय ६८ नमुना परीक्षण गरेको छ । जसमा २ सय २४ जनामा कोरोना पोजेटिभ देखिएको छ । उपत्यका छिर्ने विभिन्न नाकाहरुमा समेत परीक्षण गरिएको छ । साँगा फर्पिङ र थानकोट गरी १० हजार २ सय ५ जनाको संकलन गरी परीक्षण गरिएको छ । अहिलेसम्म ३ हजार ७ सय १३ जना रिपोर्ट आएकोमा २५ जनामा पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले बताउनुभयो ।

अहिले देशभरीका आइसोलेसनमा ५ हजार ३ सय १६ जना रहेका छन् । यस्तै प्रदेश नम्बर १ मा २ सय २२, प्रदेश नम्बर २ मा २ हजार ३४, बागमती प्रदेशमा ५ सय ७२ र गण्डकी प्रदेशमा ३ सय २४ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ८५, कर्णाली प्रदेशमा २ सय ९६ र सुदूरपश्चिम प्रदेशमा १ हजार ४ सय ८३ जना उपचाररत रहेका प्रवक्ता डा. गौतमले बताउनुभयो ।

शुक्रबार १ सय ५१ जना संक्रमित निको भएर घर फर्किएका छन । प्रदेश नम्बर १ मा ८ सय ३१, प्रदेश नम्बर २ मा ३ हजार १ सय १, बागमती प्रदेशमा ५ सय २६ र गण्डकी प्रदेशमा १ हजार २ सय ४४ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ३ हजार ९ सय ७१, कर्णाली प्रदेशमा १ हजार ७ सय १८ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ८ जना डिस्चार्ज भएका छन् ।

अहिले देशभरीका क्वारेन्टिनमा १२ हजार १ सय ११ जना रहेका छन् । प्रदेश नम्बर १ मा १ हजार २ सय ७७, प्रदेश नम्बर २ मा १ हजार ७ सय ३१, बागमती प्रदेशमा ९ सय १६ र गण्डकी प्रदेशमा ३ हजार १ सय ६५ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ६ सय ७४, कर्णाली प्रदेशमा ४ सय ९४ र सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय ५४ जना रहेका छन् ।

कुन जिल्लामा कति संक्रमित ?
पर्सा-४१
काठमाडाैं-३२
बझाङ-२५
कञ्चनपुर-१८
दार्चुला-१६
कैलाली-१५
माेरङ-१५
झापा-१३
वैतडी-१०
ललितपुर-५
बारा-४
दाङ-३
डाेटी-३
राैतहट-३
कास्की-३
नुवाकाेट-२
नवलपरासी पुर्व-२
गुल्मी-२
म्याग्दी-२
दैलेख-२
तनहुँ-१
भक्तपुर-१
मकवानपुर-१
धनुषा-१
सप्तरी-१
रुपन्देही-१
बाँके-१
सर्लाही-१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *