Main News

वीरगञ्जमा थप ४६ जनामा कोरोना पुष्टि, आइसोलेसनमै जन्मियो बच्चा

हिमालय टिभी
२०७७ साउन १६ गते १३:०८
वीरगञ्जमा थप ४६ जनामा कोरोना पुष्टि, आइसोलेसनमै जन्मियो बच्चा

१६ साउन, २०७७, पर्सा । वीरगञ्जमा गरिएको परीक्षणमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित १८ देखि ७५ वर्ष उमेर समूहका छन् ।

नारायणी अस्प्तालका दुई जना र निजी अस्पतालका एक गरी तीन जना चिकित्सकमा पनि संक्रमण भएको छ । यस्तै नारायणी र एडभान्स अस्पतालका ६ जना स्टाफ नर्समा पनि संक्रमित पुष्टि भएको छ ।

वीरगञ्जका विभिन्न वडामा गरिएको मास ट्रेसिङमा पनि आम नागरिकमा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले जानकारी दिनुभयो ।

नारायणी अस्पतालमा डायालाइसिस गराइरहेका पर्साको पोखरीयाका ७५ वर्षीया महिला, बारा,निजगढका ६५ वर्षीय पुरुष र बारा जितपुरका २४ वर्षीया मिर्गौलाका विरामी पनि संक्रमित भएका छन् ।

संक्रमितमा बाराको नितनपुर स्थित म्याग्नस फर्मा प्रालिका तीन कामदार र वीरगञ्ज २ छपकैया स्थित लोटस फर्माका एक जना कामदार पनि छन् । नयाँ संक्रमित मध्ये धेरै वीरगञ्ज महानगरपालिकामा बसोबास गर्नेहरु छन् ।

यसैबीच वीरगन्ज स्थित गण्डक कोभिड अस्पतालमा भर्ना भएकी संक्रमित महिलाले आइसोलेसनमै शिशु जन्माएकी छिन् । कोरोना संक्रमित वीरगन्ज–१ छपकैयाकी ३१ वर्षीया महिलाले आज विहान छोरी जन्माएकी हुन् ।

आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको कोभिड अस्पतालका कोर्डिनेटर डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो । ती महिलामा हिजो कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनको परिवारलाई पनि संक्रमण भएको थाहा थिएन।

हिजो साँझ व्यथा लागेपछि नेशनल मेडिकल कलेजको प्रसूती गृहमा लगिएको थियो । संक्रमित खोज्ने क्रममा उनलाई नेशनलमा भेटेपछि कोभिड अस्पतालका चिकित्सकले राती साढे १ बजे उनलाई लगेका थिए । नवजात शिशुको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *