Main News

इनफ इज इनफको धर्नामा प्रहरी धरपकड, धर्नामा जाँदै गरेका युवा पक्राउ

हिमालय टिभी
२०७७ साउन १६ गते १२:५७
इनफ इज इनफको धर्नामा प्रहरी धरपकड, धर्नामा जाँदै गरेका युवा पक्राउ

१६ साउन, २०७७ काठमाडौं । आफूहरुसँगको सम्झौता कार्यान्वयनको माग गर्दै इनफ इज इनफ अभियानले बालुवाटारमा दिएको धर्नामा प्रहरीले धरपकड गरेको छ ।

धर्नामा सहभागी हुन जाँदै गरेका युवालाई प्रहरीले बाटोबाटै समातेको छ । रन्जु दर्शना, शशीबिक्रम कार्की, वृतान्त खनाल, सुदन गुरुङलगायतका युवालाई प्रहरीले बाटोमै पक्रेको अभियानले जनाएको छ ।

यस्तै बालुवाटार चोकमा भेला भएका युवालाई पनि प्रहरीले पक्रेको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले गरिरहेको काम कारबाही सन्तोषजनक नभएको भन्दै प्रदर्शन गर्दै आएको इनफ इज इनफ अभियान र सरकारबीच असार २२ गते सहमति भएको थियो ।

तर त्यो १२ बुँदे सहमति सरकारले कार्यान्वयन नगरेको भन्दै युवाहरुले विरोध जनाउँदै आएका छन् । कोरोना भाइरस रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको युवाहरुको आरोप छ ।

उनीहरुले विदेशबाट आएका व्यक्तिहरुलाई पाँच दिन क्वारेन्टाइनमा राखे पछि मात्रै परीक्षण गरेर उनीहरुको इच्छा अनुसार होम क्वारेन्टाइन राख्ने, आरडीटी परीक्षण रोकेर सबैको पीसीआर परीक्षण गर्ने, क्वारेन्टाइन र होल्डिङ्ग सेन्टर व्यवस्थित बनाउने माग राख्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *