कोरोना संक्रमण फैलिएसँगै महोत्तरी सदरमुकाम क्षेत्रमा पाँच दिनका लागि निषेधाज्ञा
१६ साउन, २०७७ महोत्तरी । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि महोत्तरी सदरमुकाम र आसपासका क्षेत्रमा पाच दिनको लागि निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला कोभिड नियन्त्रण र रोकथाम समितिको सिफारिसमा जिल्ला सुरक्षा समितिले निषेधाज्ञा लगाउने निर्णय गरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताउनुभयो ।
महोत्तरी सदरमुकामको चार किल्ला र महोत्तरी गाउँपालिकाको वडा नम्बर ३ र ५ मा समेत निषेधाज्ञा लगाएको कटुवालले बताउनुभयो ।
गएरातीदेखि नै निषेधाज्ञा जारी गरिएको भएपनि आज दिनभरि सर्वसाधारणलाई घरको अत्यावसकिय व्यवस्थापन मिलाउन भन्दै समय दिइएको र राती ११ वजे पछि लकडाउन पुर्णरुपमा लागु हुने स्थानीय प्रशासनले जनाएको छ ।
महोत्तरीमा हालसम्म ८ सय ६३ जनामा कोरोना संक्रमण देखिएको छ भने एक जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया