Main News

उपत्यका प्रवेशमा थप कडाइ, राति हिँडडुल गर्न प्रतिबन्ध

हिमालय टिभी
२०७७ साउन १६ गते ७:४५
उपत्यका प्रवेशमा थप कडाइ, राति हिँडडुल गर्न प्रतिबन्ध

१६ साउन, २०७७ काठमाडौं । सरकारले आजबाट काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गर्ने भएको छ। त्यस्तै राति हिँडडुल गर्नसमेत रोक लगाएको छ।

सरकारले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको हो । उपत्यका प्रवेश गर्ने यात्रुमा चेकजाँचका क्रममा ठूलो संख्यामा कोरोना भाइरस संक्रमण देखिएको भन्दै रातको समयमा उपत्यका प्रवेशमा रोक लगाउने निर्णय गृह मन्त्रालयले गरेको हो ।

गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जारी गरेको विज्ञप्तिमा ‘अर्को आदेश नभएसम्मका लागि अत्यावश्यक सेवा र ढुवानीबाहेक आजबाट लागू हुने गरी प्रत्येक दिन साँझ ७ बजेबाट बिहान ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेश नाकामा यात्रुहरूको आवागमन पूर्ण रूपमा बन्द गराउने’ भनिएको छ ।

गृहले नाकाहरूको आवागमनमा पूर्ण निगरानीका साथ चेकजाँचको आवश्यक व्यवस्था गर्न पनि सुरक्षा निकायलाई निर्देशन दिएको छ । उपत्यकाबाहेकका जिल्ला प्रशासन कार्यालयहरूले पनि अत्यावश्यक कामममा बाहेक अन्तरजिल्ला सवारी आवागमन पास जारी नगर्न गृहले निर्देशन दिएको छ ।

विनापास अन्तरजिल्ला आवागमनमा पूर्ण रूपमा बन्द गर्न गराउन सबै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरूलाई विशेष निर्देशन जारी गरेको सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

One thought on “उपत्यका प्रवेशमा थप कडाइ, राति हिँडडुल गर्न प्रतिबन्ध

  1. सरकारले आफ्नो मात्र सुरक्षा गर्ने भाे जनताकाे सुरक्षा खाेई काठमाडौमा मात्र कडाई गरेर हुन्छ ?? खाेई देशको सिमानामा कडाई गरेकाे काठमाडौ बाहेकका मानिस जनता हाेईनन ???

Leave a Reply to prakash khatri Cancel reply

Your email address will not be published. Required fields are marked *