Main News

साउन १५ गते खीर खाने दिन, किन खाइन्छ खीर ?

हिमालय टिभी
२०७७ साउन १५ गते ७:४८
साउन १५ गते खीर खाने दिन, किन खाइन्छ खीर ?

१५ साउन, २०७७ काठमाडौं । आज साउन १५ गते, घरघरमा खीर खाएर यो पर्व धुलधामका साथ मनाइँदैछ ।

सनातन वैदिक सभ्यतामा पूजाआजा तथा शुभकार्यमा खीरको प्रसाद लगाइन्छ भने पारिवारिक भेटघाटमा खीरको पोषिलो परिकार बनाएर खाने गरिन्छ ।

ऋतु अनुसार प्राप्त प्राकृतिक पदार्थमा आधारित परिकार बनाई खाने परम्परा अनुसार दूध, घ्युउ प्रशस्त पाइने साउन महिनामा आउँदो जाडो र वर्षे कामको थकानबाट बच्नका लागि खीर खाने चलन बसेको बताइन्छ ।

खीरलाई स्वादिष्ट बनाउन बिभिन्न मरमसलाका साथै सखर पनि हालेर दूधमा चामल मिसाई खिर पकाइन्छ । यसरी बनाईको खीरले शक्ति दिनुको साथै रोगनिवारक पनि हुने विश्वास गरिन्छ ।

हाम्रो मानव शरीरलाई चाहिने पोषकतत्व पूर्ति गर्न र समय अनुसार आहारको स्वाद लिन नेपाली समाजमा थरीथरीका परिकार खाने चलन पहिलेदेखिनै छ ।

वर्ष दिनभरिमा कहिले जौको सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन १५ मा खीर पकाई आपसमा बाँडेर खाने चलन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *