Main News

पर्सामा चार स्वास्थ्यकर्मीसहित थप १७ जनाको कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ साउन १५ गते ७:४०
पर्सामा चार स्वास्थ्यकर्मीसहित थप १७ जनाको कोरोना संक्रमण पुष्टि

१५ साउन, २०७७ पर्सा । पर्सामा ४ जना स्वास्थ्यकर्मीसहित थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा नारायणी अस्पतालमा कार्यरत ४ जना स्वास्थ्यकर्मी संक्रमित भएको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो ।

संक्रमित हुनेमा अस्पतालका एक जना चिकित्सक, २ जना नर्स र १ जना अहेब रहेका छन् ।

अन्य संक्रमित हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का ४ जना, वडा नम्बर १२ का ३ जना , वडा नम्बर ५ का २ जना , वडा नम्बर ४ का १ जना , वडा नम्बर ३ का १ जना, पर्साकै छिपहरमाई गाउँपालिका– २ टिहुकीका १ जना र नारायणी अस्पतालकै संक्रमित कर्मचारीकी छोरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको डाक्टर उपाध्यायले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *