Main News

लकडाउनका कारण बन्द होटल सञ्चालनमा आउँदै, यस्तो छ सुरक्षा कार्यविधि

हिमालय टिभी
२०७७ साउन १५ गते ७:३१
लकडाउनका कारण बन्द होटल सञ्चालनमा आउँदै, यस्तो छ सुरक्षा कार्यविधि

१५ साउन, २०७७ काठमाडौं । कोरोना संक्रमण र लकडाउनका कारण बन्द भएका होटल रेस्टुरेन्ट तथा ट्राभल, ट्रेकिङलगायतका थप केही व्यवसाय आजदेखि सञ्चालनमा आउँदै छन् ।

कोरोना संक्रमणका कारण बन्द होटल रेस्टुरेन्ट तथा ट्राभल, ट्रेकिङ, पर्वतारोहणलगायतका व्यवसाय खुल्ने भएका हुन् । साउन ६ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आजदेखि होटल रेस्टुरेन्ट तथा ट्राभल, ट्रेकिङ, पर्वतारोहणलगायतका पर्यटकीय व्यवसाय खुल्ने भएका हुन् ।

कोरोना संक्रमण पछि लकडाउनका कारण गएको चैत ११ गतेदेखि यी व्यवसाय बन्द थिए । आजदेखि खुल्ने होटल तथा रेस्टुरेन्टमा सामूहिक भोज तथा समारोह भने गर्न पाइने छैन ।

यस्तै होटल सञ्चालनको लागि सरकारले बनाएको निर्देशिकाको पूर्ण पालना हुनुपर्नेछ । ट्राभल व्यवसायीले पर्यटकीय सिजनको लागि अग्रिम बुकिङ र अन्य तयारी गर्ने र कोरोनाको संक्रमणमा कमी हुन थालेपछि पर्यटकका लागि खुला गर्ने सरकारले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *